सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम)

यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू र नैतिकताका अधार एवं मानवताका नाता र संलग्नतालार्इ कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको छ । जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै महानतम व्यक्तिको महानताको प्रभावको बारेमा निष्पक्ष कुरा गरौं त निःसन्देह मुहम्मद पूर्ण इतिहासका त्यो महानतम् व्यक्ति थिए जसले यो ठाने कि त्यस समूहको आत्मिक र नैतिक दशालार्इ परिवर्तित गरिदिउन् जसलार्इ मरुस्थलको ताप र विषालु वायुको प्रभावले प्रदूषित गरिदिएको थियो, अनि उहाँ अफ्नो यस प्रणमा यस्तो परिपूर्ण तरिकाले सफल हुनु भयो कि पूर्ण इतिहासमा उहाँको नजिक पनि कुनै आर्को समाज सुधारक पुग्न सकेन ।)